काठमाडौं । सर्लाहीमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् ।
पर्साको वीरगञ्जबाट धनुषाको जनकपुरधाम जाँदै गरेको ना ४ ख ८५५५ नम्बरको बस सर्लाहीको लालबन्दी नगरपालिकाअन्तर्गतको फूलजोर पुलमा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक (डीएसपी) माधव प्रसाद बुढाथोकीका अनुसार बस फूलजोर पुलबाट खोलामा खसेको छ ।
दुर्घटनामा घाइते भएका सबैको उद्धार भइसकेको डीएसपी बुढाथोकीले जानकारी दिए।












