Logo
Logo

चोनबुरीसँग नेपाल पराजित


1k
Shares

काठमाडौं । मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय फुटबल टोली थाइल्याण्डको चोनबुरी फुटबल क्लबसँग पराजित भएको छ । आइतबार थाइल्याण्डमा भएको खेलमा नेपाल चोनबुरीसँग ३–१ गोल अन्तरले पराजित भएको हो ।

घरेलु टोली चोनबुरीलाई सहज दित दिलाउनको लागि पन्थामित प्रफान्थ, रेनाटो क्लिच र नाटापोङ डिडुएचाटले समान एक–एक गरे । नेपालको लागि दर्शन गुरुङले गरेको गोल सान्त्वना गोल बन्यो ।

३०औं मिनेटमा पन्थामित प्रफान्थले गोल गर्दै चुनबुरीलाई अग्रता दिलाएका थिए । ६०औं मिनेटमा रेनाटो क्लिचले गोल गर्दै चोनवुरीको अग्रता दोब्बर पारे । ८३औं मिनेटमा दर्शन गुरुङले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए ।

इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा नाटापोङ डिडुएचाटले गोल गर्दै टोलीलाई सहज जित दिलाए ।

एएफसी एसियन कप छनोटको तयारीमा रहेको नेपालले थप तयारीस्वरुप थाइल्यान्ड र त्यहाँको स्थानिय टोली चोनवुरीसँग मैत्रीपूर्ण खेल खेलेको हो । यसअघि १० चैतमा भएको खेलमा नेपाल थाइल्यान्डसँग २–० ले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्