
काठमाडौं । अहिले देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव सामान्य रहेको छ ।
आज बिहान प्रदेश नं १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य ठाउँमा आंशिक बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानमा आंशिक बदली रहने छ भने प्रदेश नं १ को पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ ।
त्यस्तै राति प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही ठाउँमा मौसम सामान्यतयाः सफा रहने महाशाखाले उल्लेख गरेको छ । प्रदेश नं १ को पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको बताइएको छ ।
यसैबीच, देशभर तापक्रम बढ्ने क्रममा रहेकाले गर्मीबाट हुनसक्ने सम्भावित असरबाट जोगिन र पहाडी भेगका एक वा दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित वर्षाकोसमेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ ।












