Logo
Logo

नेपाली सेनामा खुल्यो जागिर, पाइलटदेखि डाक्टरसम्म



काठमाडौं । नेपाली सेनामा विभिन्न प्राविधिक पदमा भर्ना खुलेको छ । रिक्त रहेका लेखा उपसेनानी, डाक्टर उपसेनानी, पाइलट उपसेनानीसहित विभिन्न ट्रेडका २९ अधिकृत पदका लागि जंगी अड्डाले दर्खास्त आह्वान गरेको हो ।

सबैभन्दा धेरै उपसेनानी (एमबीबीएस डाक्टर) ५० जना माग गरिएको छ भने लेखा उपसेनानी ४० जनाका लागि दर्खास्त आह्वान गरिएको हो ।

सैनिक उपचारिका (उपसेनानी) १८ जना र कम्प्युटर प्राविधिक (उपसेनानी) १६ जनालगायत विभिन्न २९ पदका लागि १९४ जना प्राविधिक अधिकृतका लागि विज्ञापन आह्वान गरिएको छ । यी सबै पदका लागि अनलाइनबाट फाराम भर्न सकिनेछ । आगामी वैशाख १३ गतेसम्म दर्खास्त दिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्