
काठमाडौं । दुईवटा मोटरसाइकल आपसमा जुध्दा हिजो एक जनाको मृत्यु भएको छ ।
चितवनको कालिका नगरपालिका–६ मा भएको मोटरसाइकल दुर्घटनामा चितवनको रत्ननगर नगरपालिका–१२ का १९ वर्षीय प्रविन परियारको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका बा ७१ प ९५९५ नम्बरको मोटरसाइकलका चालक परियारको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
खोलेसिमलबाट मिलीजुली चोकतर्फ जाँदै गरेको बा ७१ प ९५९५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना ३२ प ६५ ३३ नम्बरको मोटरसाइकल हिजो साँझ ठोक्किएका थिए । दुवै मोटरसाइकल नियन्त्रणमा लिएर अर्को मोटरसाइकलका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।














