Logo
Logo

ट्रक दुर्घटनामा एक जनाको मृत्यु


756
Shares

बर्दिया । आज बिहान ट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

बर्दियाको बासगढी नगरपालिका–१ देउरालीमा भएको दुर्घटनामा ट्रकमा सवार पहिचान नखुलेका अन्दाजी ३५ वर्षीय पुरुषको मृत्यु भएको हो । दुर्घटनामा ट्रकमा सवार नाम नखुलेका अन्दाजी २५ वर्षीय युवक घाइते भएका छन् । उनलाई उपचारका लागि कोहलपुरस्थित मेडिकल कलेज अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार लु २ ख ८७३ नम्बरको ट्रक बिहान करिब १० बजेतिर अनियन्त्रित भइ सडकबाट करिब ६० मिटर तल खसेको थियो । इलाका प्रहरी कार्यालय मोतीपुर बर्दियाका अनुसार मृतक र घाइतेमध्ये चालक को हुन् भन्नेबारे खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्