काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा औपचारिक भारत भ्रमणमा जाने भएका छन् । उनी यही शुक्रबार अर्थात १८ चैतमा भारत भ्रमणमा जान लागेका हुन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री देउवा पत्नी आरजु राणासहितको प्रतिनिधिमण्डलले चैत १९ गते नयाँदिल्ली प्रस्थान गर्ने कार्यक्रम तय भएको छ ।

भारतीय विदेश मन्त्रालयका अनुसार प्रधानमन्त्री देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच १९ चैतमा भेटवार्ता हुने कार्यक्रम तय भएको छ । भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै सो जानकारी गराएको हो ।
भारतीय विदेश मन्त्रालयका अनुसार प्रधानमन्त्री देउवा नयाँदिल्लीमा मोदीसँग भेटघाटपछि बनारस जाने कार्यक्रम तय भएको छ । बनारस भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निर्वाचन क्षेत्र हो । नेपालको परराष्ट्र मन्त्रालयले भने प्रधामन्त्री देउवाको भ्रमण तालिका सार्वजनिक गरेको छैन ।














