Logo
Logo

राजनीतिक हस्तक्षेपले शिक्षामा विकास भएन : नेता सिंह


126
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले शिक्षा क्षेत्रमा चरम राजनीति भएकाले विकास हुन नसकेको बताएका छन् ।
सोमबार काठमाडौंमा कन्या मन्दिर माध्यमिक विद्यालयको हीरक जयन्ती समारोहलाई सम्बोधन गर्दै नेता सिंहले शिक्षा क्षेत्रको विकासका लागि राजनीतिक हस्तक्षेपमुक्त बनाउनुपर्ने बताए ।

शिक्षा क्षेत्रको बिकासका लागि नारा दिएर मात्र नपुग्ने भएकाले मौका पाउँदा काम गरेर देखाउनुपर्ने उनले बताए । नेता सिंहले संविधानमा उल्लेख आधारभुत स्वास्थ्य र गुणस्तरीय शिक्षामा सबै नागरिकको समान पहुँच पुग्न नसकेको भन्दै यसमा सवैको ध्यान जानुपर्ने बताए ।

त्यस्तै उनले जनताको संघर्षबाट प्राप्त परिवर्तनलाई संस्थागत गर्न मिलेर अघि बढ्नुपर्ने बताए । कार्यक्रममा विद्यालयका कर्मचारी, शिक्षक लगाएतलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्