Logo
Logo
त्रिकोणात्मक टी-२० सिरिज

पपुवा न्यु गिनीमाथि नेपाले रोमान्चक जित


630
Shares

काठमाडौं । त्रिकोणात्मक टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिजमा घरेलु टोली नेपालले विजयी सुरुवात गरेको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सोमबार पपुवा न्युगिनी (पीएनजी) लाई १५ रनले हराउँदै नेपालले सिरिजमा सुखद सुरुआत गरेको हो ।

नेपालले दिएको १ सय ८४ रनको लक्ष्य पछ्याएको पीएनजीले १९ ओभर २ बलमा अलआउट हुँदै १ सय ६८ रन मात्र बनाउन सक्यो ।

यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १ सय ८३ रन बनाएको थियो । नेपालका लागि आसिफ शेखले सर्वाधिक ४३ रन बनाए ।

आक्रामक सुरुवात गरेका ओपनर कुशल भुर्तेल १ छक्का र ३ चौका प्रहर गर्दा रन आउट हुन पुगे । दोस्रो विकेटका लागि आसिफ शेख र रोहित पौडेलले ८० रनको साझेदारी गरेपछि नेपालले ठुलो स्कोर खडा गरेको हो ।

आसिफले ३५ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ४३ रन बनाए । रोहितले ३४ रन बनाए । अब नेपालले दोस्रो खेलमा बुधबार मलेसियासँग प्रतिस्पर्धा गर्नेछ ।

सिरिजमा नेपाल, पीएनजी र मलेसियाको सहभागिता रहेको छ । सिरिज अन्तर्गत नेपालले पीएनजी र मलेसियाविरुद्ध दुई–दुई खेल खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्