Logo
Logo

अवकाशको मुखमा झन् कमजोर बने आइजिपी



काठमाडौं । नेतृत्व परिवर्तनको संघारमा रहेको नेपाल प्रहरीमा बेथिति बढ्दै गएका छन् । नियमित सरुवा–बढुवामा पूर्ण रुपमा राजनीतिक नेतृत्व हावी हुँदै गएको छ । सरुवामा राजनीतिक टकराव कुन हदसम्म छ भन्ने कुरा सिन्धुपाल्चोक जिल्लाबाट पनि थाहा हुन्छ ।

सिन्धुपाल्चोकमा करिब २० महिनापछि बल्ल एसपी फेरिएका छन् । एसपी राजन अधिकारी त्यस्ता भाग्यमानी अधिकृत हुन्, जसले डेढ वर्षभन्दा लामो समयदेखि निरन्तर जिल्ला इन्चार्ज चलाउने अवसर पाए । एसपी अधिकारीको पावरका कारण भन्दा पनि नयाँ एसपी पठाउन नसक्दा यस्तो अवस्था आएको हो । २० महिनापछि एसपीको सरुवा भयो, तर सबैभन्दा विवादास्पद र कमजोर क्षमताका एसपी रामेश्वर यादबलाई पठाइएको छ । इन्सपेक्टर हुँदादेखि नै पटक पटक निलम्बनमा परेका उनलाई सिन्धुपाल्चोक पठाइएको छ । आइजिपी शैलेश थापाले नै गत वर्ष उनलाई निलम्बन गरी कारबाही गरेका थिए ।

कसलाई पठाउने भन्ने विवादमा हालसम्म सिन्धुपाल्चोकका एसपीको सरुवा हुन सकेको थिएन । सिन्धुपाल्चोक सभामुख अग्नि प्रसाद सापकोटाको जिल्ला हो । सापकोटाले आफु अनुकुलका एसपी पठाउन चाहेका थिए । तर, कांग्रेस नेता मोहन बस्नेत लगायतले अर्के एसपी लैजान चाहे । जसकारण प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले निर्णय गर्न सकेका थिएनन् । अन्ततः कांग्रेस नेताहरुकै जोडबलमा विवादास्पद एसपी सिन्धुपाल्चोक पुगेका छन् । एसपी यादबले चुनाव पनि निष्पक्ष गराउन सक्नेमा प्रहरी अधिकारीको शंका छ ।

विभिन्न जिल्लामा आवधिक सरुवा नहुने समस्या पछिल्लो समय बढेको छ । पुसमा हुनुपर्ने डिएसपी इन्चार्ज हुने जिल्लाको सरुवा गत साता मात्र भयो । त्यसमा पनि बदनामहरुले मात्र अवसर पाए । दरबारमार्ग वृत्तमा हुँदा बलात्कार जस्तो गम्भीर मुद्दा मिलापत्र गराउने डिएसपी तिलक भारतीलाई म्याग्दी पठाइएको छ । विभिन्न इप्रकाका डिएसपीको पनि सोमबार बल्ल सरुवा भएको छ । यो सरुवामा पनि राजनीतिक नेतृत्व हावी भएको छ । कोहलपुर सरुवा भएका डिएसपी मल्ल बढुवा भएको एक वर्ष पनि भएको छैन । बढुवा हुुनअघि उनी बाँकेमै ट्राफिक इन्चार्ज थिए । पैसा बुझाएरै उनी कोहलपुर गएको चर्चा प्रहरीमा छ ।
पछिल्लो सरुवा बढुवाका कारण प्रहरी महानिरीक्षक क्षेत्रीको छवी झन् झन् खस्किदै गएको छ । संगठनका अधिकार राजनीतिक नेतृत्वमा सुम्पिदा अवकाशको मुखमा उनको अलोकप्रियता बढ्दै गएको छ ।

कसलाई पठाउने भन्ने विवादमा हालसम्म सिन्धुपाल्चोकका एसपीको सरुवा नभएको प्रहरी प्रधान कार्यालय स्रोत बताउँछ । सिन्धुपाल्चोक सभामुख अग्नि प्रसाद सापकोटाको जिल्ला हो । सापकोटाले आफु अनुकुलका एसपी पठाउन चाहे । तर, कांग्रेस नेता मोहन बस्नेत लगायतले अर्के एसपी लैजान चाहेका थिए । जसकारण प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले लामाे समय निर्णय गर्न नसकेको स्रोत बताउँछ ।

स्रोतका अनुसार यादबकै कारण सिन्धुपाल्चोकमा एसपीको समयमा सरुवा हुन नसकेको हो । केही महिना आइजिपीले रोकपछि अहिले गलेको प्रहरी प्रधान कार्यालय स्रोत बताउँछ । शक्ति केन्द्रलाई आर्थिक प्रभावमा पारी यादब सिन्धुपाल्चोक गएको चर्चा प्रहरी मुख्यालयमा छ ।

विभिन्न जिल्लामा आवधिक सरुवा हुने समस्या पछिल्लो समय बढेको छ । पुसमा हुनुपर्ने डिएसपी इन्चार्ज हुने जिल्लाको सरुवा गत साता मात्र भयो । त्यसमा पनि बदनामहरुले मात्र अवसर पाए । दरबारमार्ग वृत्तमा हुँदा बलात्कार जस्तो गम्भीर मुद्दा मिलापत्र गराउने डिएसपी तिलक भारतीलाई म्याग्दी पठाइएको छ । तर, अझै विभिन्न इप्रकाका डिएसपीको डेढ वर्ष हुन लाग्दा पनि सरुवा हुन सकेको छैन । चुनावअघि नेताहरूले आफ्ना विश्वासपात्रलाई आफ्नो क्षेत्रमा लैजान लागेका छन् । संगठनको कमाण्ड राजनीतिक नेतृत्वमा पु¥याएको आरोप झेलिरहेका महानिरीक्षक क्षेत्रीका लागि अबको सरुवा करिअरकै अन्तिम परीक्षा हुने देखिन्छ ।

उता प्रहरीमा कारबाहीमा पनि निकै पक्षपात देखिएको चर्चा प्रहरी प्रधान कार्यालयमा हुन थालेको छ । आर्थिक चलखेलको आधारमा लागू औषध जस्तो मुद्दाको मुचुल्का नै हेरफेर गर्ने एसपी प्रकाश रानाभाटलाई सामान्य सचेत गराएर उन्मुक्ति दिइयो । अर्काेतर्फ राजनीतिक दबाब नमान्दा सरुवा गरिदिएपछि फोनमा गाली गरेको आरोप लागेका एसपी हिराबहादुर पाण्डेलाई भने निलम्बन नै गरेर पदोन्नती समेत रोक्का गरिएको छ । प्रहरीमाथि पर्ने गम्भीर उजुरीमा पनि पछिल्लो समय छानबिन हुन छाडेका बताइन्छ । जसकारण प्रहरी कार्यालयहरुमा भ्रष्टाचार बढेको छ ।

प्रतिक्रिया दिनुहोस्