चितवन । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी स्थानीय तह निर्वाचनमा नेकपा एमालेसँग गठबन्धन गर्ने प्रयास भइरहेको बताएका छन् ।

भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापाले आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा एमालेसँग सहकार्यको प्रयास भएको बताएका हुन् । उनले यसपटक निर्वाचनबाट धेरै अपेक्ष नगरेको बताउँदै पार्टीलाई खुट्टा टेकाउन माबै खोजेको बताए ।
उनले राष्ट्रियतासहित विभिन्न सवालमा एमालेसँग निकट भएको भन्दै सहकार्यको प्रयास भइरहेको बताए । उनले भने, ‘स्थानीय निर्वाचनमा सहकार्य गर्ने कुरामा एमालेसँग प्रारम्भिक चरणको कुरा भएको छ, राष्ट्रियतासहितका विभिन्न सवालमा एमालेसँग निकट भएको महशुस गरेका छौं । सम्भव भयो भने सहकार्य गरेर जाने हाम्रो प्रयास हुनेछ ।’
यो निर्वाचनमा राजनीतिक दलहरुबीचमा गठबन्धन, सहकार्य संविधानलेनै अपेक्षा गरेकाले चुनावी तालमेल हुनु स्वभाविक भएको उनको भनाइ छ ।














