Logo
Logo

नेपाल र मलेसिया आज खेल्दै


756
Shares

काठमाडौं । त्रिकोणात्मक टी–२० शृङ्खलाअन्तर्गत नेपाल र मलेसियाबीचको खेल आज हुँदैछ ।

यी दुवै टीमले यो दोस्रो खेल खेल्न लागेका हुन् । यसअघि सम्पन्न खेलमा पपुवा न्यूगिनी (पीएनजी) लाई यी दुवै टोलीले पराजित गरेका थिए । शृङ्खला अन्तर्गतको पहिलो खेलमा नेपालले पीएनजीलाई १५ रन र मंगलवारको खेलमा मलेसियाले पीएनजीलाई ८ रनले पराजित गरेको थियो ।

कीर्तिपुरको टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे १२ बजेदेखि नेपाल र मलेसियाले खेल्दै छन् । ११ महिनापछि यी दुई टीमबीच खेल हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्