Logo
Logo

प्रचण्ड फेरि पुगे चितवन


2.5k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) फेरि चितवन पुगेका छन् ।

विभिन्न कार्यक्रममा सहभागी हुन एक हप्ताअघि मात्रै गृह जिल्ला चितवन गएका उनी फेरि चितवन पुगेका हुन् । उद्घाटन, शिलान्यासलगायत विभिन्न कार्यक्रममा भाग लिन अध्यक्ष प्रचण्ड त्यहाँ पुगेका बताइएको छ । राप्ती नगरपालिकामा हर्दी विद्युत सवस्टेशन उद्घाटन, भरतपुर–२२ धनौजीको कभर्डहल उद्घाटन, भरतपुर महानगर रिङरोडको पश्चिम खण्ड शिलान्यासलगायतका कार्यक्रममा उनी आज सहभागी हुने जनाइएको छ ।

स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै अध्यक्ष प्रचण्ड पछिल्लो समय देशभरका विभिन्न कार्यक्रममा व्यस्त हुन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्