
काठमाडौं । सुनको भाउ आज तोलामा चार सय रुपैयाँले घटेको छ ।
सुनको भाउ हिजो तोलामा १३ सय रुपैयाँले घटेको थियो । आज सुनको भाउ तोलामा ९८ हजार ८ सय रुपैयाँ तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी पनि तोलामा १० रुपैयाँले घटेर १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।












