Logo
Logo

सत्ता गठबन्धनको बैठक भोलि बस्ने


2.5k
Shares

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक बस्ने भएको छ । स्थानीय तह निर्वाचनबारे रणनीति बनाउन सत्ता गठबन्धन दलको बैठक बस्न लागेको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बिहान साढे १० बजे बस्नेगरी बैठक बोलाएको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए । कांग्रेसले आगामी स्थानीय तहको निर्वाचनमा आवश्यकताका आधारमा गठबन्धन गर्ने निर्णय गरेसँगै सत्ता गठबन्धनको बैठक बस्ने भएको हो ।

बुधबार चितवन पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि भोलि गठबन्धनको बैठक बस्ने जानकारी दिए । भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले भने, ‘भोलि हामी गठबन्धनको बैठक बस्दैछौं ।’

बिहीबारको बैठकमा गठबन्धनबीच चुनावी तालमेलबारे सैद्दान्तिक र नीतिगत विषयमा छलफल हुने नेताहरुको भनाइ छ । गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्