Logo
Logo

ठेकेदार स्थानीय चुनावमा उम्मेदवार बन्न नपाउने


1.1k
Shares

काठमाडौं । ठेकेदारले स्थानीय तहको निर्वाचन लड्न नपाउने भएको छ । बुधबार बसेको निर्वाचन आयोगको बैठकले
ठेक्कापट्टामा संलग्न रहेका व्यक्ति उम्मेदवार हुन नपाउने निर्णय गरेको हो ।

बैठकपछि आयोगले स्थानीय तह निर्वाचनमा उम्मेदवारको मनोनयनपत्र साथ पेस गर्नुपर्ने स्वघोषणाका बुँदाहरुसमेत सार्वजनिक गरेको छ ।

जसमा नेपालको संविधानप्रति पूर्ण निष्ठावान रहेको, २१ वर्ष पूरा भएको नेपाली नागरिक भएको, सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको, सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने गरी कुनै लाभको पद धारण नगरेको लगायत छन् ।

त्यस्तै नेपालको संविधानप्रति पूर्ण निष्ठावान रहेको, स्थानीय तहलाई कुनै जिन्सी वा नगदी बुझाउन बाँकी नरहेको, सरकारी पेश्की, बेरुजु तिर्न बुझाउन बाँकी नरहेको लगायतका बुँदाहरु स्वघोषणामा उल्लेख गर्नुपर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्