Logo
Logo

शुद्धोधन नगरपालिकोको गाउँब्लकका ८२ घरपरिवारलाई लालपूर्जा वितरण


252
Shares

कपिलवस्तु । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले एक वर्षभित्र गाउँब्लकको जग्गा सम्बन्धी सबै समस्या समाधान गरेर लालपूर्जा वितरण गरिसक्ने गरी योजना बनाएर काम अगाडि बढेको बताएकी छन् ।

कपिलवस्तुको सुद्धोधन नगरपालिका वडा नं. ६ को गाउँब्लकमा रहेका ८२ घरपरिवारलाई आज जग्गाधनी दर्ता प्रमाण पूूर्जा (लालपूर्जा) वितरण गर्दै मन्त्री श्रेष्ठले गाउँब्लकमा रहेका सबै नागरिकले छिटो लालपूर्जा प्राप्त गरुन भनेर विशेष अभियान मार्फत कामलाई तिब्र पारिएको बताइन् ।

मन्त्री श्रेष्ठले यसअघि योजनामा नै नरहेको गाउँब्लकमा लालपूर्जा वितरणको कामलाई आफूले मन्त्रालय संहालेपछि पहिलो प्राथमिकतामा राखेर आगाडि बढाएका कारण चार महिनाको अवधिमा विभिन्न ठाउँका गाउँब्लकमा रहेका २० हजार भन्दाबढी भूमिहिनलाई लालपूर्जा वितरण गरिएको बताइन् ।

उनले भूमीसम्बन्धी सबै विषय छिटोभन्दा छिटो समाधान गर्न अहिलेको सरकार लागिरहेको र त्यसै अनुरुप अभूमी चक्लाबन्दी गर्ने, कृषि योग्य जग्गा संरक्षण र उत्पादकत्व बृद्धी गर्न भूमिसम्बन्धी कानुन बनाउने काम भइसकेको पनि बताइन् ।

सरकारले सरकारी, सार्वजनिक, सामुदायिक र गुठीजग्गा संरक्षणको योजना बनाएर काम शुरु गरेको, वैज्ञानिक भूमिसुधारलाई लागु गरेर भूमिसम्बन्धी सम्पूर्ण समस्या समाधान गर्न अबको योजनामा नै व्यवस्था गर्न लागिएको मन्त्री श्रेष्ठले बताइन् ।

भूमिहिन दलित तथा भूमिहिन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यबस्थीत बसोबासीको समस्या समाधान गर्न राष्ट्रिय भूमि आयोग मार्फत काम शुरु गरिसकेको र छिट्टै जिल्ला आयोग गठनको काम सम्पन्न हुने भन्दै बारम्बार उठिरहने भूमि सम्बन्धी समस्यालाई दिगो रुपमानै समाधान गर्न आफू लागिरहेको बताइन् ।

मन्त्री श्रेष्ठले हलीया, हरवा, चरवा, कमैया, कमलरीको समस्या समाधान गर्न अध्ययन समितिले स्थानीय तह, प्रदेश र संघले गर्ने काम समेटेर प्रतिवेदन तयार पारिराखेको र सोही प्रतिवेदनका आधारमा छिट्टै काम शुरु गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

मन्त्री श्रेष्ठले यसअघि महोत्तरीको रामगोपालपुर, सप्तरी, धनुुषा, सुनसरी, चितवनको इच्छाकामना गाउँपालिका, काठमाडौंको किर्तिपुर नगरपालिका, भक्तपुको मध्यपुर ठिमि नगरपालिका, तनहुँको बन्दीपुर, चितवनको भरतपुर महानगरपालिका र बाँकेको कोहलपुर नगरपालिकाको गाउँब्लकमा रहेका भूूमि विहिनहरुलाई लालपूर्जा वितरण गरेकी थिइन् ।

२०२१ साल यता विभिन्न समयमा जग्गाको नापी हुँदा गाउँब्लकका रुपमा राखिएका र विभिन्न समयमा जग्गा नापी भएर पनि लालपूर्जा विहिन बनिरहेकाहरुलाई लालपुुर्जा वितरण अभियान तिब्र पारिएको छ ।

प्रतिक्रिया दिनुहोस्