Logo
Logo

एमाले नेता एकीकृत समाजवादीमा प्रवेश


97.8k
Shares

गुल्मी । गुल्मी इस्मा गाउँपालिका एमाले नेता रामप्रसाद पन्त नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् । उनी बिहीबार एमालेबाट एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।

उनलाई पार्टीका जिल्ला सह–इञ्जार्ज गणेश बिश्वकर्मा, पार्टी अध्यक्ष नरेश भण्डारी, प्रदेश कमिटी सदस्यहरु राम मल्ल ठकुरी, बालकृष्ण बराल लगायतले पार्टी प्रवेश गराएका थिए । अध्यक्ष भण्डारीका अनुसार सिङ्गो इस्मा गाउँपालिकामा प्रभावशाली रहेका पन्तलाई एकीकृत समाजवादीको जिल्ला कमिटी सदस्यको जिम्मेवारी दिइएको छ ।

पन्त सुरुमा नेपाली काँग्रेसका जिल्ला सदस्य थिए । नेकपा हुँदा पार्टी प्रवेश गरेका उनी नेकपा फुटे पछि एमालेमा रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्