
बुटवल । एप्पल आईफोनको ईभो स्टोर काठमाडौंले पोखरापछि आफ्नो शाखा बुटवलमा पनि विस्तार गरेको छ ।
बुटवलको मिलन चोकमा रहेको सिटी सेन्टरमा आफ्नो ईभो स्टोरको आठौँ शाखाको रूपमा स्थापना गरेको हो । ईभो स्टोरका सञ्चालक तरूण बज्राचार्यले बुटवलमा शाखाको शुभारम्भ गरेका हुन् । उनले बुटवलमा गुणस्तरीय सेवा र वस्तु दिन उक्त स्टोर सञ्चालनमा ल्याइएको जानकारी दिए । काठमाडौंमा ग्राहकले पाउने सबै सेवा सुविधा अब बुटवलमा पनि उपलब्ध हुने उनले बताए ।
बुटवलबाट आईफोनलगायत वस्तुको माग राम्रो आएका कारण यहाँ शाखा खोलिएको जानकारी दिँदै उनले ग्राहकको माग अनुसार नेपालका अन्य मुख्य बजारमा पनि क्रमिक रुपमा शाखा विस्तार गर्दै जाने बताए ।












