Logo
Logo

‘दिन्थे मुटु झिकी’ गीतको भिडियोमा पल र एलिजा (भिडियो)



काठमाडौं । अभिनेता पल शाह यतिखेर नाबालिगमाथि बलात्कार अभियोगमा पुर्पक्षमा लागि थुनामा छन् । तर, उनी अभिनीत भिडियो र फिल्महरु भने सार्वजनिक भइरहेका छन् ।

यसैक्रममा पलमाथि बलात्कारको अभियोग लाग्नुअघि छायाँकन गरिएको एउटा गीतको भिडियोमा सार्वजनिक भएको छ ।
हालै सार्वजनिक भएको ‘दिन्थे मुटु झिकी’ बोल गीतको भिडियोमाm पलसँग अभिनेत्री एलिजा गौतमले अभिनय गरेका छन् । गीतमा पवन ओलीको शब्द तथा संगीत रहको छ ।

निसान भट्टराई र बिष्णु माझीको स्वर रहेको गीतलाई आशिस अविरलले एरेन्ज गरेका हुन् । शिव विकले निर्देशन र कोरियोग्रापÞmी गरेको गीतलाई अर्जुन तिवारीले खिचेका हुन् । म्युजिक भिडियोमा सुरेश काफ्लेको ड्रोन, बिमला तामांगको मेकअप, मिलन विश्वकर्माको सम्पादन र पदम सुबेदीले ग्राफिक्स गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्