Logo
Logo

भ्रष्टाचारविरुद्ध ‘देश विकास’ म्युजिक भिडियो सार्वजनिक



काठमाडौं । युवा गायक रिवाज सिंह सुनारले ‘देश विकास’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । देश विकासका लागि भ्रष्टाचार बढ्न दिन नहुने सन्देश रहेको सो म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

गीतमा अनियमितता, ढिलासुस्तीजस्ता विकृति अन्त्यका लागि सरोकार भएका निकायले ध्यान दिनुपर्नेमा जोड दिइएको छ । उक्त गीतमा गायक सुनारकै स्वर, शब्द र संगीत रहेको छ । देशलाई समृद्ध बनाउनका लागि इमान्दार नेताको खाँचो रहेको कुरा पनि गीतमा समेटिएको छ ।

उक्त गीतको श्रव्यदृश्यमा धु्रव विश्वकर्मा, निश्चल कार्की र प्रमोद श्रेष्ठको अभिनय देख्न सकिन्छ । सम्भव सुवेदीले छायांकन र सम्पादन गरेको भिडियोमा कल्याण थापाको निर्देशन रहेको छ । गायक सुनारको च्यानल ‘रिवाज सिंह सुनार’ मार्फत भिडियो सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्