Logo
Logo

पूर्ण सुनुवाइ रोक्न माधव पक्षको निवेदन


7.9k
Shares

काठमाडौं । नेकपा एमाले छाडेका माधवकुमार नेपालसहित १४ जना सांसदविरुद्धको रिट निवेदनमा आज हुने भनिएको पूर्ण सुनुवाइ रोक्न निवेदन परेको छ ।

पूर्ण सुनुवाइका लागि आइतबार न्यायाधीश अनिलकुमार सिन्हा र नहकुल सुवेदीको इजलासमा पेसी तोकिएको छ । तर, आजै माधव नेपाल पक्षको वकिलमार्फत पूर्ण सुनुवाइ रोक्न माग गर्दै निवेदन दिएको सर्वोच्च स्रोतले जनाएको छ ।

यसअघि फागुन २९ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार चुँडालको संयुक्त इजलासले पूर्ण सुनुवाइका लागि पेस गर्न आदेश दिएको थियो ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालसहित १४ सांसदलाई पार्टीबाट निष्कासन गरेपछि सभामुख अग्निप्रसाद सापकोटालाई पत्राचार गरेको थियो । तर, सभामुख सापकोटाले कारबाही अघि नबढाई सूचना टाँस्न अस्वीकार गरेको र आयोगले समेत नेपाल नेतृत्वको समाजवादीलाई दलको मान्यता दिएपछि ओलीले रिट हालेका थिए । कुनै एउटा पक्षले स्थगनको माग गर्दा सुनुवाइ रोकिन सक्छ ।

प्रतिक्रिया दिनुहोस्