Logo
Logo

प्रधानमन्त्रीले चुच्चे नक्सा हटाएर दलाली गरे : ओली


2.1k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले चुच्चे नक्सा हटाएर ‘राष्ट्रिय दलाली’ गरेको आरोप लगाएका छन् । नयाँ दिल्लीस्थित नेपाली दूतावासमा पुरानै नेपालको नक्सा राखिएको पाइएपछि उनले यस्तो आरोप लगाएका हुन् ।

आइतबार एमालेनिकट नेपाल बुद्धिजिवी परिषद्को १० औँ राष्ट्रिय महाधिवेशनलार्ई सम्बोधन गर्दै ओलीले भने, ‘प्रधानमन्त्री देउवालाई किन भारत भ्रमणमा जान लाग्नुभएको भनी सोध्दा जवाफ दिएनन्, आखिर यसकै लागि जानुभएको रहेछ ।’

‘नेपालको दिल्लीस्थित राजदूतावासमा टाँगिएको फोटोमा त्या नेपालको नक्सा बुच्चे नक्सा राखिएको छ । योभन्दा राष्ट्रिय दलाली, योभन्दा राष्ट्रको गौरव निहुराउने, योभन्दा लज्जाजनक कुरा के हुन्छ ?’ उनले प्रश्न गरे ।

अध्यक्ष ओलीले फर्किनुभन्दा अगाडि चुच्चेनक्सा राखेर आउने-नआउने विषयमा समेत प्रधानमन्त्रीसँग जवाफ मागेका छन् । ओलीले भने, ‘हाम्रो संविधानले भनेको रहेको नक्सा, हाम्रो सरकारले बनाएको नक्सा त्यो नक्सा झुण्ड्याएर फर्किनुहुन्छ कि, हटाएको राखेर फर्किनुहुन्छ शेरबहादुर जी ?’

सरकारले राष्ट्रियता र भौगोलिक अखण्डताविरुद्ध गतिविधि गर्दा पनि वुद्धिजीवि हात बाँधेर बसेको ओलीले टिप्पणी गरे । उनले भने, ‘अब वुद्धिजीवि हात बाँधेर बस्ने कि चुप लागेर बस्ने ?’

प्रतिक्रिया दिनुहोस्