
काठमाडौं । हाल देशमा भारतको बिहार आसपास रहेको न्यूनचापीय रेखाको सामान्य प्रभाव छ । अहिले प्रदेश नम्बर १ मा आंशिकदेखि सामान्य बदली रहेको छ । देशका अरू भूभागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । अरू भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
प्रदेश-१, वाग्मती र गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
त्यस्तै राति प्रदेश १, वाग्मती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । अरू भूभागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश-१ र गण्डकी प्रदेशको पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।












