Logo
Logo

टेलिकमको प्रबन्ध निर्देशक नियुक्ति प्रक्रियाप्रति युनियनको आपत्ति


693
Shares

काठमाडौं । नेपाल टेलिकम दुरसंचार वर्कर्स युनियनले प्रबन्ध निर्देशक (एमडी)को नियुक्ति प्रक्रियाप्रति आपत्ति जनाएको छ ।
सोमबार एक विज्ञाप्ति जारी गर्दै युनियनले एमडीको नियुक्तिमा प्रक्रियामा चलखेल भएको भन्दै आपत्ति जनाएको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) मा प्रबन्ध निर्देशकका निमित्त प्राप्त दरखास्तहरूबाट छनौट भएका उम्मेदवारको सूची प्रकाशन गरेको थियाे । उक्त नामावली आफूहरु चकित भएको युनियनले जनाएको छ ।

युनियनले टेलिकमको प्रवन्ध निर्देशक विना प्रतिस्पर्धा नियुक्त गर्दा विचौलियाको चलखेल बढ्नुका साथै सरकार परिवर्तन भएसगै प्रबन्ध निर्देशक समेत परिवर्तन हुने जनाएको छ ।

युनियनले भनेको छ-‘नेतृत्वदायी भूमिकामा रहेको प्रबन्ध निर्देशक जस्तो गरिमामय पदको नियुक्ति सम्बन्धी कार्यविधिमा शैक्षिक योग्यता, सेवा अवधि, उमेर हद, कार्य अनुभव लगायत विषय स्वार्थ केन्द्रित भएर पटक पटक, परिवर्तन गरिनु र २०७८१२१७ गतेको सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको सूचनामा प्रकाशित नामाबली हेर्दा मिलिभगतका साथ नेपाली जनताको नासो र सम्पत्तिमाथि धावा बोल्न खोजेको स्पष्ट हुन्छ ।’

टेलिकमको प्रबन्ध निर्देशक कुनै शक्ति केन्द्रको निर्देशन वा प्रभावमा नपरी कम्पनीमा लामो समय सेवा गरेर दूरसञ्चार क्षेत्रमा विशेषज्ञता हासिल गरेको हुनुपर्ने युनियनको माग छ ।

‘संस्थाको विकास र विस्तारमा संलग्न रही हरेक प्रकारका समस्याहरु बुझी समाधानका उपायहरु अवलम्बन गरेका वरिष्ठ व्यक्ति नै उपयुक्त हने भएकाले सोही अनुरुप प्रवन्ध निर्देशक नियुक्तिको लागि हामी जोडदार माग गर्दछौं,’ युनियनद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

बिहीबार मन्त्रालयले नौ प्रतिस्पर्धीको सूची सार्वजनिक गरेको थियाे । जसअनुसार अर्जुनबाबु ढकाल (सिराञ्चोक–७, गोरखा), अमलेन्दु नारायण सिंह (काठमाडौं–३१, काठमाडौं), दीपकबहादुर शाही (गन्यापधुरा–३, डडेल्धुरा), नगेन्द्रकुमार दास (काठमाडौं–३१, काठमाडौं) रहेका छन् । यस्तै, सूचीमा प्रदीपराज उपाध्याय (सिद्धार्थनगर–८, रुपन्देही), बुद्धिप्रसाद आचार्य (टोखा–६, काठमाडौं), सुनिल पौडेल (खैरेनिटार–४, तनहुँ), सुरजसिंह थापा (महालक्ष्मी–८, ललितपुर) र संगीता पहाडी अर्याल (इचंगु–४, काठमाडौं) रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्