Logo
Logo

वाणिज्य बैंकको एटिएमबाट २० लाख रुपैयाँ चोरियो


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ६ असार ।
नक्कली एटिएम बनाई २० लाख भन्दा धेरै ठगी गर्ने गिरोहका एक सदस्य पक्राउ परेका छन् । बारा घर भई शंखमुल बस्ने राजु कुमार पाण्डेलाई केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)ले बिहीबार पक्राउ गरेको हो ।


उनले रोमानियन नागरिकसँग मिलेर एटिएम ठगी गर्दै आएको सिआईबीका एसपी दिपक रेग्मीले बताए ।
गिरोहमा संलग्न रोमानियन नागरिकहरु फरार भइसकेका छन् । उनले राष्ट्रिय वाणिज्य बैंकका एटिएम बुथ प्रयोग गरेर नक्कली एटिएमबाट पैसा निकाल्दै आएका थिए । नेपाली बैंकमा खाता भएकाहरु पीडित नभएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्