Logo
Logo

हैदरावादको लगातार दोस्रो हार


945
Shares

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा सनराइजर्स हैदरावाद फेरि हारेको छ । हैदरावाद गएराति सम्पन्न खेलमा लखनउ सुपर जायन्टसँग १२ रनले पराजित भयो । योसँगै हैदरावादले लगातार दोस्रो हार व्यहोरेको छ ।

लखनउले दिएको एक सय ७० रनको लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ९ विकेट गुमाउँदै एक सय ५७ रनमा सीमित भयो । हैदरवादका राहुल त्रिपाठीले ४४, निकोलस पुरणले ३४ र वासिङ्टन सुन्दरले १८ रन जोडे । सो खेलमा लखनउका आभेस खानले चार, जासन होल्डरले ३ र कुर्नाल पाण्डयाले २ विकेट लिएका छन् । यसअघि मुम्बईमा पहिले ब्याटिङ रोजेको लखनउले २० ओभरमा ७ विकेट गुमाएर एक सय ६९ रन जोडेको थियो ।

लखनउका लागि कप्तान केएल राहुलले ६८ र दीपक होडाले ५१ रनको अर्धशतकीय इनिङ खेले । हैदरावादका वासिङ्टन सुन्दर, रोमारियो शेफार्ट र टी नाटराजनले समान २–२ विकेट लिए । तीन खेलमध्ये दुईमा जित निकालेको लखनउ चार अंकसहित पाँचौं स्थानमा छ भने दुई खेलमा अंक जोड्न नसकेको हैदरावाद पुछारमै छ ।

प्रतिक्रिया दिनुहोस्