
काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले नेपाली क्रिकेट टिमलाई बधाई दिएका छन् ।
नेपालले त्रिकोणात्मक टी–२० शृंखला जितेपछि उनले नेपाली क्रिकेट टिमलाई बधाई दिएका हुन् । नेपालले सोमवार फाइनलमा पपुवा न्यूगिनी (पीएनजी) लाई ५० रनले पराजित गर्दै सिरिज जितेको थियो । नेपालले उपाधि उचाले लगत्तै मन्त्री गहतराजले सामाजिक सञ्जालमार्फत खेलाडीहरुलाई बधाई दिएका थिए ।
उनले सामाजिक सञ्जालमार्फत बधाई दिँदै यस्तो लेखेका छन्, “त्रि देशीय टी–२० सिरिजमा नेपाली राष्ट्रिय क्रिकेट टिमले आज फाइनल खेलमा अभूतपूर्व जित हासिल गरेको छ । नेपाली राष्ट्रिय क्रिकेट टिमलाई हार्दिक बधाई ।”











