Logo
Logo

भिरबाट लडेर मृत्यु


567
Shares

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको त्रिपुरासुन्दरीमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा त्रिपुरासुन्दरी–३ पहरेपानीका ३० वर्षीय सन्तोष थामी रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सोमवार दिउँसो ३ बजेतिर घरमाथि रहेको भिरबाट लडेका थामीको टाउकामा गम्भीर चोट लागेको अवस्थामा प्राथमिक स्वाथ्य केन्द्र बाह्रबिसेमा लगिएको र त्यहाँ उपचार सम्भव नभएपछि काठमाडौंको ट्रमा सेन्टरमा लगिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी दक्षकुमार बस्नेतले जानकारी दिए ।

उपचारका क्रममा थामीको आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्