
काठमाडौं । सिन्धुपाल्चोकमा एक युुवकको शव भेटिएको छ ।
प्रहरीका अनुसार भोटेकोशी गाउँपालिका–४ को थाङाकुना खोलामा स्थानीय २५ वर्षीय खिलबहादुर विकको शव भेटिएको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार सोमवार अपरान्ह विकको शव भेटिएको थियो ।
२०/२५ दिन अगाडि हराएका उनको शव सडिसकेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।












