Logo
Logo

पुराना कम्युनिष्ट नेता श्रेष्ठ एमाले परित्याग गरी एकीकृत समाजवादी प्रवेश


51.2k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष बालकृष्ण श्रेष्ठ नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

२०३८ र २०४९ मा सालमा स्वतन्त्र रुपमा वडाध्यक्ष जितेका श्रेष्ठ काठमाडौंका पुराना वामपन्थी नेता हुन् । एकीकृत समाजवादी प्रवेश गरेका श्रेष्ठलाई पार्टी अध्यक्ष माधवकुमार नेपालले स्वागत गरेका छन् । उनी २०७४ को स्थानीय तह निर्वाचनमा श्रेष्ठ नेकपा एमालेबाट निर्वाचित भएका थिए ।

स्थानीय तहको निर्वाचन नजिकिएसँगै विभिन्न पार्टी परित्याग गरि नेकपा एमाले प्रवेश गर्नेको संख्या बढेको छ । उत्तिकै संख्यामा नेकपा एमाले परित्याग गर्नेको संख्या पनि बढेको छ ।

प्रतिक्रिया दिनुहोस्