
बुटवल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको प्रथम शहीदबारे दिएको अभिव्यक्तिप्रति नेपाल मगर संघ रुपन्देहीले आपत्ति जनाएको छ ।
पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले चैत १८ गत एक कार्यक्रममा ओलीले नेपालका प्रथम शहीद लखन थापा मगर नभई बाकाबीर रहेको भनेको प्रति संघले आपत्ति जनाएको हो ।
ओलीले आफ्नो अभिव्यक्ति फिर्ता नलिए आन्दोलन घोषणा गर्ने चेतावनी दिएको संघले ओलीको अभिव्यक्तिले शहीद लखन थापा र आम मगर समुदायमाथि अपमान भएको भनेको छ ।
प्रधानमन्त्री भइसकेका व्यक्तिबाट गैरजिम्मेवारपूर्ण अभिव्यक्ति आउनु खेदजनक रहेको भन्दै संघले आपत्ति जनाएको हो ।












