Logo
Logo

पित्तबहादुर डल्लाकोटी- आइतबार माओवादी, सोमबार एमाले, मंगलबार पुनः माओवादी !


27.2k
Shares

काठमाडौं । नेकपा माओवादी परित्याग गर्दै नेकपा एमाले प्रवेश गरेका धादिङको बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटी एक दिन पनि नबित्दै माओवादीमै फर्केका छन् ।

सोमाबार एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर ओलीबाट टिका लगाइ एमाले प्रवेश गरेका डल्लाकोटी मंगलबा विज्ञप्ति जारी गर्दै आफ्नै पार्टीमा फर्केका हुन् ।

विज्ञप्ति जारी गर्दै डल्लाकोटीले भनेका छन- ‘क्षणिक आक्रोश र आवेगमा आई राजनीतिक रुपमा गम्भीर गल्ती कमजोरी हुन गई समग्र पार्टी, बेनिघाट रोराङ र धादिङको पार्टी पंक्तिमा पर्न गएको क्षतिप्रति गम्भीर आत्माआलोचना गर्न चाहन्छु । नेकपा माओवादी केन्द्रमा रही पार्टीको निर्देशनअनुसार काम गर्नेछु ।’

सुरुमा एमाले राजनीतिमा सक्रिय डल्लाकोटी माओवादी शान्ति प्रक्रियामा आएसँगै माओवादी भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्