काठमाडौं । एक जना नेपाली युवा बेलायतको प्रतिष्ठित क्रिकेट क्लबको प्रशिक्षक बनेका छन् । ३२ वर्षीय आकाश रावलले बेलायती क्रिकेट क्लबमा प्रशिक्षकको रुपमा काम गर्ने अवसर पाएका हुन् ।

कैलालीको टीकापुरका उनलाई अण्डर–११ तर्फको प्रशिक्षकमा नियुक्त गरिएको योर्कशारस्थित फ्रिक्ली कोलियरी क्रिकेट क्लबद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । उक्त क्लब डिस्टिक लिगतर्फ ३ सिनियर र ४ जुनियर टोलीले खेलिरहेको योर्कशार क्षेत्रको डिभिजन वानको र्७शधव;याङकिङमा छ । रावल सन् २०२० देखि उक्त क्लबको पहिलो टिम अन्तर्गत टप अडरको ब्याचम्यानको रुपमा खेल्दै आएका छन् । उनले सन् २००९ मा बेलायतको सरे एण्ड मिडिलसेक्स लिगमा आइजलवर्थ कल्वबाट ‘योङ प्लेयर अफ दी इयर’ को टाइटल जितेका थिए ।
रावलले सन् २०१४ मा स्टेनहाउसमियर क्रिकेट कल्वबाट डिभिजन वान खेलमा लिग तर्फको पहिलो टाइटल हात पारेका थिए । उनले सन् २०१८ मा स्टर्लिङ क्लबबाट प्रिमियर लिगमा १८७ रन ल्याउँदै सर्वाधिक रेकर्ड कायम गर्ने खेलाडीको रुपमा आफ्नो नाम लेखाएका थिए ।











