Logo
Logo

उधारो आश्वासनले हुँदैन, सम्झौता कार्यान्वयन हुनुपर्छ : महन्थ ठाकुर


756
Shares

परासी । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले आफूहरुसँग भएका सम्झौता कार्यान्वयन गर्न सरकारलाई आग्रह गरेका छन् । सरकार र आफूहरुबीच विगतमा भएका सम्झौता कार्यान्वयन हुनुपर्ने माग गर्दै उनले भने, “उधारो आश्वासनले हुँदैन कार्यान्वयन नगदमै हुनुपर्छ ।”

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)स्थित पाल्हीनन्दनؘ–५ गेरामीमा पार्टीको जिल्ला समितिद्वारा आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ठाकुरले भने, “हाम्रा माग सम्बोधनका लागि सबै प्रधानमन्त्रीसँग सम्झौता गरेका छौँ, सम्झौता कार्यान्वयन गर्न वर्तमान सरकारसँग पनि कुराकानी चलिरहेको छ, हामी सकारात्मक जवाफ पर्खिरहेका छौँ ।” मधेस आन्दोलनका क्रममा धेरै कार्यकर्तालाई झुटा मुद्दा लगाइएको भन्दै उनले भने, “ओली प्रधानमन्त्री हुँदा १३९ जना रिहा भएका थिए, बाँकीलाई पनि विनाशर्त रिहा गर्नुपर्छ, सम्झौता कार्यान्वयन नभएसम्म संघर्ष जारी रहन्छ ।”

अध्यक्ष ठाकुरले लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरिएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् । नागरिकता नहुँदा मधेसका हजारौँ नागरिक समस्यामा परेका भन्दै नेता ठाकुरले नागरिकता विधेयक अविलम्ब अघि बढाउन पनि माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्