अछाम । जिल्लामा पुरुषभन्दा महिला मतदाताको संख्या बढी रहेको पाइएको छ । जिल्ला निर्वाचन कार्यालय अछामले प्रकाशन गरेको मतदाताको अन्तिम नामावलीमा यस्तो पाइएको हो ।

कार्यालयले आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भाग लिन पाउने मतदाताका लागि अन्तिम नामावली प्रकाशन गरेको छ । सो नामावली अनुसार अछाममा कूल मतदाताको संख्या एक लाख ५६ हजार २८० छ । कार्यालयका अनुसार पुरुषको भन्दा महिला मतदाताको संख्या चार हजार ५८४ ले बढी छ । अछाममा पुरुष मतदाता ७५ हजार ८३७ जना छन् भने महिला मतदाता ८० हजार ४४१ जना छन् ।
जिल्लाको रामारोशन, कमलबजार र ढकारी गाउँपालिकाबाहेक अन्य सातवटा पालिकामा पुरुष मतदाताभन्दा महिला मतदाताको संख्या बढी रहेको प्रकाशित नामावलीमा उल्लेख छ ।












