काठमाडौं । एसियन डेभलपमेन्ट बैंक (एडिबी)ले नेपालको आर्थिक वृद्धिदर चालु आर्थिक वर्ष २०७८/७९ मा ३.९ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ ।
एडिबीले बुधबार आउटलुक २०२२ सार्वजनिक गर्दै यस्तो प्रक्षेपण गरेको हो । एडीबीले गरेको यो प्रक्षेपण विश्व बैंकको प्रक्षेपणसँग मिलेको छ । नेपाल सरकारले भने बजेटमा ७ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त हुने अनुमान गरेको छ ।

आउटलुटक एडीबीको समष्टिगत आर्थिक अपडेट समेटिएको मुख्य आर्थिक प्रकाशन हो । जसमा महामारीविरुद्ध खोप अभियान जारी रहेको, आर्थिक गतिविधिहरु क्रमशः सामान्य बन्दै गएका कारण उक्त लक्ष्य प्राप्त हुने एडीबीले जनाएको छ ।
यस्तै, युक्रेन–रुस युद्धका कारण विश्वव्यापी रुपमा आएको आर्थिक मन्दी, अवरुद्ध व्यापार प्रवाह, कच्चा तेल तथा अन्य वस्तुको मूल्यका कारण भने मुद्रास्फीतिमा चाप पर्ने एडीबीले उल्लेख गरेको छ ।

अघिल्लो वर्षायाममा परेको प्रचुर वर्षातका कारण धानको उत्पादन राम्रो हुने अपेक्षा गरिएको थियो । तर, अक्टोवर मध्यमा परेको बैमासमी वर्षा र बाढीले बालीमा क्षति पु¥याएपछि धान उत्पादनमा ९ प्रतिशतले कमी ल्याएको एडीबीले जनाएको छ ।
उपभोक्ता र लगानीकामो मागमा आधारमा यो वर्ष उद्योगको वृद्धि भने ४.१ प्रतिशत रहने अनुमान गरिएको छ । थोक र खुद्रा व्यापार, यातायात र वित्तीय सेवा सामान्य अवस्थामा रहेका कारण ५.२ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । सन् २०२१ मा पर्यटनमा परेको नकारात्मक प्रभाव समेत यस वर्षबाट सुधार हुँदै जाने अपेक्षा गरिएको छ ।












