Logo
Logo

किरात राई पत्रकार संघद्वारा बधाई ज्ञापन


6.3k
Shares

काठमाडौं । किरात राई पत्रकार संघले आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज)को संघीय समति र सञ्चारीका समूहमा निर्वाचित राई पत्रकारलाई सम्मान गरेको छ ।

मंगलबार काठमाडौंस्थित किरात राई यायोक्खाको केन्द्रीय कार्यालयमा बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गर्दै खादा र फेटा लगाएर सम्मान गरेको हो ।

चितवनको सौराहामा चैत ६, ७ र ८ गते सम्पन्न सातौं महाधिवेशनले किरात राईबाट फोनिजको संघीय अध्यक्षमा बरिष्ठ पत्रकार गजुरधन राई, सचिवमा बुद्धबीर बाहिङ, केन्द्रीय सदस्यमा गजेन्द्र राई, विना राई र संस्थागत केन्द्रीय सदस्यमा प्रकाश राई चयन भएका थिए । त्यस्तै सञ्चारिका समूहको आठौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा नुनुता राई निर्वाचति भएका थिए ।

कार्यक्रमका प्रमुख अतिथी, किरात राई पत्रकार संघका संस्थापक अध्यक्ष गणेश राइ, गजुरधन राई, किरात राई यायोक्खाको सचिव अर्जुन जम्नेली राई, किरात राई पत्रकार संघका पूर्व अध्यक्ष राजेश चाम्लिङले बधाई तथा शुभकामना दिएका थिए ।

त्यस्तै कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य सन्दीप राई, फोनिज संघीय समितको सचिव बुद्धबीर बाहिङ, किरात राई पत्रकार संघका केन्द्रीय सदस्य कृष्णजीत राई लगायतले बोलेका थिए । संस्थाका कार्यवाहक अध्यक्ष अवतार राईको अध्यक्षमा सम्पन्न कार्यक्रमलाई उपाध्यक्ष रिता राराङाले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्