Logo
Logo

अवरोधबीच कसरी काम गर्नुपर्छ भन्ने तीन वर्षमा सिकेँ : ओली


441
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले कसरी अप्ठेरो र अवरोधबीच काम गर्नुपर्छ भन्ने ३ वर्षमा धेरै सिकेको बताएका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले बुधबार एमाले निकट उद्योग व्यवसायी महासंघको महाधिवेशनलाई काठमाडौंमा सम्बोधन गर्दै अप्ठेराकाबीच पनि विकासका नयाँ योजनाको जग बसाउन सकिएकोमा गर्व लागेको बताए ।

‘हामी अहिले केही समय सरकार बाहिर छौँ । त्यो बेला पनि काम गर्न आफ्नैले कहाँ दिएका हुन् र ?’ उनले भने, ‘एकातिर प्रचण्ड, अर्कोतिर माधव नेपाल अनि अर्कोतिर झलनाथ । देश विकासको कुरा गर्नासाथ देशभन्दा पहिले मेरो कुरा गर्नुछ यहाँ भनेर एउटा दुई घण्टा कराउँछ । यस्तो अवरोधका बीच पनि कसरी विकासको काम अघि बढाइयो होला ।’

अध्यक्ष ओलीले विकास गर्न सकिन्छ भन्ने आत्मविश्वास जगाउने र नयाँ दृष्टिकोणका साथ ठूला ठूला परियोजनाहरु अघि बढाउने काममा आफू सफल भएको दावी गरे । अप्ठेरोमा काम गर्न आफू अभ्यस्त भइसकेकाल अब चुनावबाट बाँकी योजना पूरा गरिने उनको भनइ छ ।

प्रतिक्रिया दिनुहोस्