Logo
Logo

व्यक्तिगत स्वार्थका लागि गल्ती नगरौँ : राष्ट्रियसभा अध्यक्ष


504
Shares

काभ्रे । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले व्यक्तिगत स्वार्थका लागि जानेर कसैले गल्ति नगर्न आग्रह गरेका छन् ।

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ श्रीखण्डपुरमा आज आयोजित कार्यक्रममा उनले अञ्जानमा गरेको गल्तीले माफी पाउनसक्ने भए पनि जानाजान गरेको गल्तीबाट कसैले माफी पाउन नसक्ने बताए ।

ठूलो र सानो भनेर भेदभाव नगरी मानवीय सम्मान गर्ने बानीको विकास गर्न उहाँले सबैमा आग्रह गरे । समाजले साना, कमजोर र अशक्तलाई माया गर्ने संस्कार अझै विकास गर्न सकेको खण्डमा मात्रै जीवन सार्थक हुने भएकाले त्यसतर्फ ध्यान जान आवश्यक रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्