काठमाडौं । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीमा कार्यरत डा. प्रिती भुसाल विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ने भएकी छन् । आगामी मंगलवार सगरमाथातर्फ प्रस्थान गर्न लागेकी डा. भुसाललाई बुधवार अस्पतालले एक कार्यक्रमको आयोजना गरी बिदाई गरेको छ ।

सन् २०१९ को अप्रिलमा सोलुखुम्बुको ६ हजार ११९ मिटर अग्लो लोपुचे हिमालको सफल आरोहण गरेकी उनी गत वर्ष सगरमाथाको आधार शिविरसम्म पुगिसकेकी छन् । डा. भुसालले आफू सम्पूर्ण महिला डाक्टरको प्रतिनिधित्व गर्दै सगरमाथा आरोहण गर्न लागेको जानकारी दिइन् । उनलाई मेडिकल डाइरेक्टर डा. विनोद विजुक्छे र प्रमुख कार्यकारी अधिकृत अमृत खन्नाले अस्पतालका तर्फबाट शुभकामना दिए ।
कोरोना महामारीबाट मृत्यु भएका स्वास्थ्यकर्मीको सम्मान र जलवायु परिवर्तनका कारण स्वास्थ्यमा आउने नकारात्मक परिवर्तनसम्बन्धी सचेतना फैलाउने मुख्य उद्देश्यसहित डा. भुसालले सगरमाथा आरोहण गर्न लागेकी हुन् ।












