Logo
Logo

पाँच सयले बढ्यो सुनको भाउ


693
Shares

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. ५०० ले बढेर रु. ९९ हजार तोकिएको छ । उक्त सुन अघिल्लो दिन प्रतितोला रु. ९८ हजार ५०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९८ हजार ५०० कायम भएको छ । उक्त सुन हिजो प्रतितोला रु. ९८ हजार थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु. १० ले बढेर रु. एक हजार ३४५ पुगेको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९२१ डलर आसपास कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्