Logo
Logo

ओलीले मधेसीलाई नागरिकता विहिन बनायो : प्रचण्ड


2.8k
Shares

सिराह। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका कारण मधेसी नागरिक नागरिकता विहिन भएको आरोप लगाएका छन् ।

सिराहको मिर्चैया नगरपालिकामा रामप्रसाद साहको सम्मानमा निर्मित शहीद द्वार उद्घाटन र नगर अस्पताल शिलान्यास गर्दै उनले एमाले अध्यक्ष केपी ओली मधेश विरोधी रहेको र मधेसीलाई नागरिकता विहिन बनाएको आरोप लगाएका हुन् ।

फाइल फोटो

मधेशका लागि माओवादीले लडेको भन्दै उनले संविधान संशोधनको प्रस्ताव गरे पनि ओली र एमालेले रोकेको आरोप समेत लगाए । उनले भने, ‘संविधानमा मधेशीको अधिकार पूरा नभएको भन्दै दुई पटक संसद सचिवालयमा संशोधन दर्ता गराएको थिएँ। एमाले भन्ने पार्टी र केपी ओली भन्ने नेताकै कारणले नै मधेशी जनताको अधिकार संविधानमा राख्‍न नसकिएको हो ।’

मधेशी जनताको मुख्य माग नागरिकता सम्बन्धी विधेयक ल्याउन एमालेले अवरोध गरेको दाबी गरे । उनले अध्यादेश मार्फत् नागरिकता सम्बन्धी समस्याको समाधान गर्न अदालतले रोकेको भन्दै सदनबाट कानुन ल्याउन एमालेले रोकेको दाबी गरे ।

उनले भने, ‘दनबाट नागरिकता सम्बन्धी विधेयक अगाडि बढाउन चाहन्थ्यौँ । तर, तपाईँलाई थाहा छ कसले संसद रोकेको छु, मधेशी जनतालाई नागरिकता विहीन बनाउन एमाले र केपी ओली गुटले संसद रोकिराखेको छ । अब संसद चल्नासाथ एमालेले अवरोध गरे पनि विधेयक पास गराउँछौँ ।’

प्रतिक्रिया दिनुहोस्