Logo
Logo

राष्ट्रिय महिला बिच भलिबल प्रतियोगीता सुरु


882
Shares

पाल्पा । सञ्जय स्मृति राष्ट्रिय महिला बिच भलिबल प्रतियोगीता बिहीवारबाट सुरु भएको छ । रानीमहल परिसरमा सुरु प्रतियोगिता अन्तर्गत हिजो ६ खेल सम्पन्न भएका छन् ।

फाइल फोटो

युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले सो प्रतियोगिताको उद्घाटन गर्दै रानीमहललाई बिच भलिबलको राजधानी बनाउन सकिने बताए । खेलकुदको राम्रो सम्भावना बोकेको रानीमहल क्षेत्रलाई बिच भलिबलको हब बनाउन सकिने उनले बताए । कार्यक्रममा तानसेन नगरपालिका प्रमुख अशोककुमार शाहीले खेलकुदका माध्यमबाट पर्यटक भित्र्याउन सकिने बताए ।

महिला बिच भलिबलका विजेताले रु. एक लाख र उपविजेताले रु. ५० हजार प्राप्त गर्नेछन् । प्रतियोगितामा तेस्रो हुनेलाई टाइगर गु्रप अफ पोखराका अध्यक्ष नारायणप्रसाद शर्माले रु. ३० हजार नगद पुरस्कार दिने घोषणा गरे । प्रतियोगिता अन्तर्गत आज चार खेल हुनेछन् । चारवटा क्वार्टर फाइनलका खेल हुने अन्तर्राष्ट्रिय भलिबल रेफ्री गौतमप्रसाद लासिवाले बताए । पहिलो खेल सशस्त्र प्रहरीको एपिएफ र लुम्बिनीबीच हुनेछ ।

दोस्रो क्वार्टर फाइनल सुदूरपश्चिम र बागमतीबीच हुने छ भने तेस्रो नेपाल पुलिस क्लब र कर्णालीबीच हुनेछ । चौथो खेल गण्डकी र प्रदेश नं. १ बीच हुने आयोजक सञ्जय स्मृति प्रतिष्ठानका अध्यक्ष निरोज मास्केले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्