काठमाडौं । स्थानीय तह निर्वाचनबारे सत्तारुड पाँचदलीय गठबन्धनले देशव्यापी तालमेलको आह्वान गर्दै संयुक्त विज्ञप्ति जारी गर्ने भएको छ ।
शुक्रबार चुनावी रणनीति बनाउन प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनाललगायत सहभागी थिए ।
बैठकमा सहभागी नेता खनालका अनुसार रामचन्द्र पौडेल संयोजकत्वको गठबन्धनको निर्वाचन तयारी तथा अनुगमन समितिमार्फत विज्ञप्ती जारी गरी देशव्यापी तालमेलका लागि आह्वान गर्ने निर्णय गरेको बताए ।












