Logo
Logo

एमालेलाई गुल्मीमा धक्का, जिल्ला कमिटी सचिवालय सदस्यदेखि वडाध्यक्षसम्म एसमा प्रवेश प्रवेश


102.4k
Shares

गुल्मी । नेकपा एमाले गुल्मीमा धक्का लागेको छ । एमालेमा जिल्ला कमिटी सचिवालय सदस्यदेखि वडाध्यक्ष शुक्रबार नेकपा एकीकृत समाजवादीमा प्रवेश भएको हो ।

एमाले जिल्ला कमिटीका सचिवालय सदस्यद्धयः कर्णध्वज जिसी र हरि प्रसाद छन्त्याल एकीकृत समाजवादी प्रवेश गरेका छन् ।त्यस्तै मुसिकोट नगरपालिका वडा नम्वर २ का वडा कमिटी अध्यक्ष मदनदिप घिमिरेसहित एकीकृत समाजवादीमा प्रवेश गरेको पार्टीको संस्थापक अध्यक्ष श्रीराम महतले जनकारी दिए ।

जिसी वडा नम्वर ३ का वडाध्यक्ष पनि हुन् । छन्त्याल मुसिकोट नगरकाकार्यपालिका सदस्य तथा सामाजिक विकास समिति संयोजक हुन । यी दुई नेता साविक बडागाउँ गाविसमा एमालेका खम्बाको रुपमा लिइन्थ्यो ।

जिसीले दुई पटकसम्म एमालेको तर्फबाट साबिक बडागाउँ गाविसको उपाध्यक्ष जितेका थिए भने दोश्रो कार्यकालमा कार्यबाहक गाविस अध्यक्ष भएर जिल्लाको संगठन मजबुद बनाएका थिए ।

छन्त्याल लामो समयसम्म प्रधानाध्यापक रहेका थिए । गत स्थानीय तहको निर्वाचनमा उनी राजीनामा दिई जनप्रतिनिधि भएका थिए ।

एकीकृत समाजवादीमा प्रदेश गर्नेलाई पार्टीका केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेशका इन्चार्ज भागवत विश्वासले फूलमाला तथा अवीरले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्