काठमाडौं । नेकपा एकीकृत समाजवादीले राजधानी भृकुटीमण्डपमा जनसभाको आयोजना गर्दैछ । पार्टीको काठमाडौँ जिल्ला कमिटीले आयोजना गरेको जनसभाको भर्खरै सुरु भएको छ ।

जनसभामा सहभागी हुन जिल्लाका विभिन्न स्थानबाट नेता तथा कार्यकर्ताहरु जम्मा भएका छन् । जनसभालाई पार्टीका अध्यक्ष माधव नेपाल, सम्मानीत नेता झलनाथ खनाललगायतले सम्बोधन गर्दैछन् ।













