Logo
Logo

एकीकृत समाजवादीका सचिव श्रेष्ठको टिप्पणी- एमाले बोक्रामात्रै, गुदी हामीसँग छ’


4.4k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका केन्द्रीय कमिटी सचिव जीवनराम श्रेष्ठले आफ्नो पार्टी प्राविधिक रूपमा नयाँ देखिएपनि २००६ सालकै निरन्तरता रहेको बताएका छन् ।

शनिबार पार्टीको काठमाडौं जिल्ला समितिले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको बृहत् जनसभालाई सम्बोधन गर्दै सचिव श्रेष्ठले यस्तो बताएका हुन् ।

‘हामी प्राविधिक रूपमा नयाँ पार्टी देखिएपनि २००६ सालको नेपाल कम्युनिस्ट पार्टीको इतिहास बोक्ने पार्टी हौँ’ उनले भने, ‘२०४६ सालको परिवर्तन र २०६२÷०६३ को आन्दोलनको स्पिरिट हामीसँग छ ।’ उनले नेकपा एमाले अहिले बोक्रामात्रै रहेको टिप्पणी गुदी एकीकृत समाजवादीसँग भएका बताए ।

उनले भने, ‘एमालेमा रहेको क्रान्तिकारी विचार बोक्ने र परिवर्तनको विचार बोक्ने नेता हाम्रो पार्टीमा आउनुभएको छ । एमालेमा त प्रतिगामीहरूमात्रै बाँकी छन् ।’

प्रतिक्रिया दिनुहोस्