Logo
Logo
चुनावी जनसभा

एकीकृत समाजवादीको प्रतिबद्धता : कम्युनिस्ट आन्दोलन नयाँ शिराबाट सुरु हुन्छ

‘जवजमाथि कुठाराघात भइरहेको छ’


1.3k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेताहरुले मुलुकलाई समाजवादको दिशातर्फ अघि बढाएर सुन्दर भविष्य निर्माण गर्ने प्रतिवद्धता जनाएका छन् ।

शनिबार पार्टीले भृकुटिमण्डपमा आयोजना गरेको आमसभामा उनीहरुले नयाँ शिराबाट कम्युनिस्ट आन्दोलनको सुरुवात गर्दै मुलुकलाई समाजवादको दिशातर्फ अघि बढाउने प्रतिवद्धता जनाएका हुन् ।

आमसभालाई सम्बोधन गर्दै समाजवादीका अध्यक्ष माधव कुमार नेपालले मदन भण्डारीको नामको दुरुपयोग र जवजको मान्यतामाथि कुठाराघाट भइरहको आरोप लगाए । उनले गफाडीहरूलाई गफ गर्न दिनुपर्ने र आफुहरु प्रष्ट बिचारका साथ जनतामाझ जाने धारणा राखेका थिए ।

अध्यक्ष नेपालले जनसेवाको पक्षमा दृढता साथ उभिन चाहेको भन्दै बोलेको कुरा पुरा गरेरै छाड्ने दावी गरे । विभिन्न जिल्लामा एकीकृत समाजवादीमा प्रवेश गर्ने लहर चलिरहेको र पार्टी थप बिस्तार हुदै गएको पनि उनले बताए ।

त्यस्तै समाजवादीका सम्मानीत नेता झलनाथ खनालले समाजवाद नै भविष्य रहेको भन्दै यसका लागि नयाँ यात्रा सुरु गरेको जानकारी दिए । उनले यसअघिको ओली नेतृत्वको ४२ महिने सरकारले फुटेको कौडी पनि गर्न नसकेको आरोप लगाए ।

कार्यक्रममा समाजवादीका अन्य नेताहरुले कम्युनिष्ट आन्दोलनलाइ नयाँ ढंगले अघि बढाउनुपर्ने बेला आएको धारणा राखेका थिए ।

फोटो रातिपाटीबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्