Logo
Logo

छुवाछुत अन्त्य गरेको भन्दै दलित मञ्च माओवादीमा समाहित


21.7k
Shares

विराटनगर । राष्ट्रिय दलित मञ्च माओवादी केन्द्रमा समाहित भएको छ । जातीय विभेद र छुवाछुत हटाएर विशेष अधिकार दिलाउने एक मात्र पार्टी माओवादी मात्र भएको भन्दै दलित मञ्च सोमबार माओवादी केन्द्रमा समाहित भएकाे हो ।

प्रदेश १ को विभिन्न पार्टी र संस्थाहरुमा बसेर दलित आन्दोलनमा सक्रिय रुपमा काम गर्दै आएका मञ्च केन्द्रीय अध्यक्ष भीमकुमार लकान्द्रीको नेतृत्वमा ३५ जना दलित अगुवाहरु माओवादी प्रवेश गरेका हुन् ।

नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीमा आवद्ध भई उनीहरुले सामाजिक कुप्रथा, छुवाछुत र विभेदविरुद्ध लामो समयदेखि आन्दोलन गर्दै आएका थिए ।

पार्टी प्रवेश गर्नेहरुमा नेकपा एमाले प्रदेश १ का सल्लाहकार तथा दलित गैरसरकारी सस्था महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष गोपाल लकान्द्री, एकीकृत समाजवादी पार्टी मोरङका सल्लाहकार नरेश घतानी र नेपाल दलित संघका केन्द्रीय सदस्य प्रेम लकान्द्रीलगायत छन् ।

सोही कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्य हर्कराज राई पनि माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

सोमबार विराटनगर प्रदेश कार्यालयमा दलित अगुवाहरुलाई माओवादी केन्द्रका प्रदेश १ सहइञ्चार्ज सावित्रीकुमार काफ्ले र प्रदेश अध्यक्ष हर्कबहादुर नेम्बाङले खादा र अविर लगाएर पार्टी प्रवेश गराएका थिए ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्र्रका नेता काफ्लेले नेपालमा प्रतिगमन पक्षधर र अग्रगमन पक्षधरशक्तिबीच तीब्र धु्रवीकरण भइरहेको बताए । उनले नेकपा एमालेले राजामहाराजा पक्षधर शक्तिसँग ध्रुवीकरण गरेर गठबन्धन गरिरहेको र नेकपा माओवादी केन्द्रको नेतृत्वमा कम्युनिष्ट क्रान्तिकारी र समाजवादी शक्तिहरुबीचको अर्को ध्रुविकरण बनिरहेको टिप्पणी गरे ।

संविधानमा उल्लेखित दलित अधिकारसँग सम्बन्धित व्यवस्थाहरु व्यवहारमा लागु गर्न निरन्तर पहल गर्ने लगायतका विभिन्न ९ बुँदे समझदारी गरेर माओवादी केन्द्रमा राष्ट्रिय दलित मञ्च समाहित भएको अध्यक्ष भीमकुमार लकान्द्रीले बताए । अहिले पनि समाजमा विभेदहरु कायमै रहेकोले क्रान्तिकारी कम्युनिष्टको नेतृत्वमा आन्दोलनको जरूरी भएको भन्दै क्रान्तिकारी कम्युनिष्ट पार्टी चिनेर काम गर्नुपर्ने विचार व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्